
काठमाडौँ, २८ पुस । मंगलबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ ।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो ।
यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया