शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नायिका जान्हवी कपूरद्वारा महँगो घर खरिद

दैनिक नेपाल २०७७ पुष २८ गते ८:२७

मुम्बई । बलिउड नायिका आलिया भट्टदेखि रणवीर कपूरले नयाँ घर किनेका छन् । महँगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपूरको नाम पनि थपिएको छ ।

नायिका जान्हवी कपूरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् । जान्हवीले डिसेम्बर ७ मा घर खरिदको संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जान्हवीले हालसम्म २ वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन् । उनले अभिनय गरेको ‘धडक र गुञ्जन सक्सेना’ले उनलाई राम्रै चर्चा दिएका थिए । उनको ‘दोस्ताना २, रोही अफ्जना, तख्त, हेलेन’ लगायत छन् ।

बलिउडमा पछिल्लो समय परिवारसँग बस्दै आएका कलाकारहरुले एक्लो जीवन जिउने उद्देश्यले नयाँ घर किनिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित