शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अष्ट्रेलियाको जिलोङमा पृथ्वी जयन्ती मनाइयो

दैनिक नेपाल २०७७ पुष २८ गते ८:१५

जिलोङ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाली भनेर गर्भ गर्न पाइने अबसर प्रदान गर्ने राष्ट्रिय एकताका प्रतीक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको बताए ।

एनआरएन आइसीसी सदस्य दुर्गा आचार्यले पृथ्वीनारायण शाहका दीब्योपदेशहरूको चर्चा गरे ।

प्रतिक्रिया
सम्बन्धित