शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माघी पर्वमा कैलालीको कैलारीमा दिइयो तीन दिन सार्वजनिक बिदा

दैनिक नेपाल २०७७ पुष २८ गते ८:०६

कैलाली, २८ पुस । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सो अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने सूचनामा जनाइएको छ ।

जिल्लामा कैलारी गाउँपालिका थारू समुदायको बाहुल्यता रहेको क्षेत्रमध्येको एक हो । थारू समुदायको परम्परागत संस्कृतिको जगेर्ना गरी स्थानीय कला र परम्परा प्रवर्द्धन गर्नका लागि माघीको उपलक्ष्यमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित