बुधबार, ७ माघ २०७७
DainikNepal.com
बुधबार, ७ माघ २०७७

३० बिगाहा जग्गामा लगाएको गाँजा खेती नष्ट

दैनिक नेपाल २०७७ पुष २७ गते १८:५५

फाइल तस्वीर

मकवानपुर, २७ पुस । राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित