
काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८८ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ५ हजार ३०९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६५ हजार २६८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५८ हजार ९६८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ८७ हजार ५५५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४ हजार ३७३ जना आइसोलेसन र २३७ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया