शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवासी नेपाली एकता मञ्च डेनमार्कको कार्यसमिति पुनर्गठन

दैनिक नेपाल २०७७ पुष २७ गते १४:३०

काठमाडौं, २७ पुस । प्रवासी नेपाली एकता मञ्च डेनमार्कको कार्यसमिति पुनर्गठन गरिएको छ ।

देशको बदलिदो राजनितिक परिस्थितिअनुसार जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पक्षधरहरू पुनः एकपटक एकजुट भएर देश र जनताको पक्षमा उभिने पार्टीको रणनिति र कार्यदिशाअनुसार समिति पुनर्गठन गरिएको मञ्चले बताएको छ ।

पुनर्गठित मञ्च कार्यसमितिको अध्यक्षमा शिव चापागाई र सचिवमा राघबेन्द्र कार्की (रबिन) चयन भएका छन् । त्यस्तै सदस्यहरूमा घनश्याम गौतम, शुशील घिमिरे, कृष्ण धानुष्क, शिव कार्की, नरेन्द्रबहादुर बस्नेत, उद्दव भट्टराई, चित्रप्रसाद पन्त, कृष्णप्रसाद पराजुली र विशाल थापा चयन भएका छन् ।

त्यस्तै शुशील पहारी, रंजना श्रेष्ठ, अर्जुन पौडेल, शालिकराम शर्मा, राजेन्द्र भट्ट, भुवनध्वज थापा, गोपाल नेपाल, सुमन थापा, रोहन घिमिरे र शुसन बराल पनि सदस्यमा चयन भएका छन् ।

मञ्चको हालै भर्चुअल रूपमा सम्पन्न बैठकको सभापतित्व शिव चापागाईंले गरेका थिए भने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

त्यस्तै बैठकमा विशिष्ट अतिथिका रूपमा पुष्प तिमल्सिना तथा अतिथिहरू घनश्याम गौतम, शुशील घिमिरे र सुमन थापा थिए ।

प्रतिक्रिया
सम्बन्धित