३ कार्तिक २०८३, मंगलबार

स्वतन्त्र निर्माण कालीगढ सङ्घको तेस्रो साधारणसभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २७ पुस । स्वतन्त्र निर्माण कालीगढ सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

जगदम्बा स्टिल्सका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यतामा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।

सभामा रिद्धिसिद्धि सिमेन्टका मेनेजर अनुजमहत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।