३ कार्तिक २०८३, मंगलबार

निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड–माधव समूह पुग्यो निर्वाचन आयोग

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । पार्टी विभाजनको अन्तिम अभ्यास गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा समूह आज निर्वाचन आयोगमा पुगेको छ ।

निर्वाचन गतिविधि रोक्न माग गर्दै नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल निर्वाचन आयोग पुगेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्न नहुने तर्कसहित उनीहरु आयोग पुगेका हुन् ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको छ । सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ ।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेर नयाँ निर्वाचन मिति घोषणा गरेकी थिइन् । सोही कारण सत्तारुढ नेकपाभित्र तीव्र विवाद हुँदा पार्टी विभाजनको अभ्यास चलिरहेको छ ।