३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाहीको निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको हो ।

शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए ।