शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मोडल समिक्षा क्षेत्री अभिनित म्यूजिक भिडियो ‘मुटुविना’ सार्वजनिक (भिडियो)

दैनिक नेपाल २०७७ पुष २७ गते १०:३८

काठमाडौं । मोडल समिक्षा क्षेत्री, भक्तराज जोशी र बिनु कार्की अभिनित म्यूजिक भिडियो ‘मुटुविना’ सार्वजनिक भएको छ ।

गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘मुटुविना’कोलाई कामना डिजिटल प्रालिले हालै मात्र बजारमा ल्याएको हो ।

चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् । माया प्रेमलाई अधार बनाएर निर्माण गरिएको गीतको म्यूजिक भिडियो पनि निकै उत्कृष्ट निर्माण भएको कम्पनीको दाबी छ ।

अञ्जन शर्माले निर्देशन गरेको भिडियोमा समिक्षा क्षेत्री, भक्तराज जोशी र बिनु कार्कीले अभिनय गरेका छन् । मोडल समिक्षाको यो पहिलो डेब्यु भिडियो समेत हो ।

भिडियो कामना डिजिटल प्रालिको अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित