मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

यी नायिकालाई पतिले कुटेर दिए यातना

दैनिक नेपाल २०७७ पुष २७ गते ८:०२

मुम्बई । टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा कि नायिका प्रिटी तलरेजाले आफ्ना श्रीमान अभिजित पेटकरविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएकी छिन् ।

आफूमाथि धर्म परिवर्तनका लागि दबाब दिएको उनले आरोप लगाएकी छिन् । श्रीमानले भने अनुरुप धर्म परिवर्तन गर्न नमान्दा कुटाईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिंसाबारे ट्वीटर लगायतका सामाजिक सञ्जालमा लेखेकी छिन् ।

सुरुमा उनी उजुरी लिएर मुम्बई प्रहरीमा पुगेकी थिइन् । कुनै कारबाही नभएपछि उनले मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखेकी छिन् ।

अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ । प्रिटीले सामाजिक सञ्जालमा तस्विरहरू सार्वजनिक गरेकी छिन् । उनको अनुहारमा कुटपीटको दाग पनि देखिन्छ ।

तीन वर्ष अघि प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें । प्रिटीका अनुसार अभिजित मुस्लिम परिवारका हुन् ।

उनीहरूले मस्जिदमा विवाह गरेका थिए । विवाह गर्दासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । विस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिँदै कुटपीट गर्न थाले ।

मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन । एक ट्वीटमा प्रिटीले लेखेकी छिन् ‘मेरा पति अभिजितले आफू मुस्लिम रहेको बताएका छन् । उनीसँग धर्म परिवर्तनको कुनै कागज छैन । आफ्नो डकुमेन्टमा उनले आफ्नो नाम अभिजित पेटकर नै लेख्छन् ।’

प्रतिक्रिया
सम्बन्धित