८ कार्तिक २०८३, आइतबार

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा मनिषा कोइराला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ पुस । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृति कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यससँगै अब कोइराला आई.एम.ई. लाइफको जीवन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् । कोइरालाले अब कम्पनीको ब्राण्ड र यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफको सिईओ फुयाँलले भने, मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । कम्पनीले यो सम्झौता पुस २४ गतेबाट लागु हुनेगरी गरिएको जनाएको छ ।