११ कार्तिक २०८३, बुधबार

शुक्लागण्डकी नगरपालिकामा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए । –रासस