
रौतहट, २६ पुस । रौतहटको गौर नगरपालिका ८ पुरेनवा बस्ने तेजनारायण कुँवरको घरमा ग्याँस सिलिण्डर लिक भई आइतबार बिहान आगलागी हुँदा साढे ४ लाखको धनमाल नष्ट भएको छ ।
आगलागीले घरभित्र रहेका लत्ताकपडा, खाद्यन्न र फर्निचर लगायतका सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
आगलागीमा परी उनकी छोरी १७ वर्षीया रोशनी कुमारी सिंह सामान्य घाइते भएकी छन् ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया