बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यो साता यूके र मलेसियामा कोरोना संक्रमित थप ३ जना नेपालीको मृत्यु

एनआरएनएद्वारा कोरोना प्रभावित ९ हजार ६५० जना श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धार

दैनिक नेपाल २०७७ पुष २६ गते १६:०५

लण्डन, २६ पुस । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो । रआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० देशमा ३१७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ हजार ११६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रीका, यूके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

करिब २ लाख जनाको उद्धार, ९ हजार ६५० श्रमिकलाई छुट्टै राहत

गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा (कोभिड–१९) को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको जनाएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको बताइएको छ ।

विदेशका विभिन्न देशमा ९ हजार ६५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ ।

विभिन्न दातृ संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

हालसम्म गैरआवासीय नेपाली संघले ८६२ जनालाई काठमाडौंबाट गन्तब्यसम्म पुग्न निःसुल्क बस भाडाश्वरुप आर्थिक सहयोग समेत गरेको छ । संघले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पनि जानकारी दिएको छ ।

अझै सतर्कता अपनाउन आग्रह

नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ समितिका संयोजक सन्जिव सापकोटाले बताएका छन् । अझै पनि सतर्कता नअपनाउने रखोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने होभने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनको भनाइ छ ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट पारे ।

बेलायतलगायतका यूरोपेली मुलुकमा फैलिएको संक्रमणका कारण नेपालीहरु पनि अछुतो नरहेको भन्दै उनले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित