३ कार्तिक २०८३, मंगलबार

विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १९ लाख ३३ हजार बढीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । विश्वभर हालसम्म ९ करोड ५४ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक वर्षअघि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १९ लाख ३३ हजार ५७५ जना संक्रमितले ज्यान गुमाएका छन् । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो । संक्रमितमध्ये ६ करोड ४४ लाखभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका हुन् । पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको हो ।

हाल संसारभर सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३४६ छ । यसमध्ये १ लाख ८ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

नेपालको पछिल्लो अवस्था यहाँ पढ्नुहोस्–