१ कार्तिक २०८३, आइतबार

वितृष्णा बोकेर विदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २६ पुस । २७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए। कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–२ का डीसीको अनुहार मलिन थियो। उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन् ।

‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन्। म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन। उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो।’

डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन्। तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन्। ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको।’

उनले निर्वाचनमा भोट दिए। ‘मैले भोट दिएका नेताले जित्नुभएको पनि हो। उहाँकै पार्टी सरकारमा छ’, उनले भने, ‘दुईतिहाइनजिकको प्रतिनिधिसभा अहिले भंग भएको छ। कुनै नेता पदका लागि सडकमा आएका छन् भने कुनैले पद नछाडेका कारण यत्रो लडाइँ भइरहेको छ। वितृष्णा जाग्छ मनमा। गाउँमा बस्ने त मन हुन्छ तर के गरेर बस्ने ? के खाएर बस्ने ?’ शिवराज भट्टले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।