
काठमाडौँ, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको निर्वाच निर्धारित मितिमै हुने बताएका छन् ।
शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् ।
कार्यक्रममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताए ।
प्रजातन्त्रका लागि जेलनेल भोगेर आएको बताउँदै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गरे । त्यस्तै उनले संसद विघटन संवैधानिक भएको बताउँदै त्यसबारेमा न्यायालयले कार्य गरिहेको र कसैले पनि अदालतलाई प्रभावित हुने किसिमले अभिव्यक्ति नदिन समेत ओलीले आग्रह गरे ।
त्यसैगरी, उनले चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाएपनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताए ।
तराईमा विकास निर्माणका काम धेरै भएको बताउँदै प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराई सबैतिर विकासको लहर ल्याई देशको विकास गर्ने उनको भनाई छ ।















प्रतिक्रिया