
स्याङजा, २५ पुस । चापाकोट नगरपालिका ३ ईनासकोट बस्ने ४७ बर्षीय गोपाल कामीलाई ६ थान भरुवा बन्दुकसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरभित्र अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुकहरु फेला पारी कामीलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया