११ कार्तिक २०८३, बुधबार

नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई करिब ३ लाख ठगी गर्ने पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ पुस । सक्कली भनी नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार)लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विलसहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेको तथा पुस १७ गते चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको हो ।

सापकोटा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।