११ कार्तिक २०८३, बुधबार

प्रचण्ड शनिबार स्वदेश फर्कँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् ।

५ दिनअघि पत्नी सीताको उपचारका लागि भारत गएका प्रचण्ड पत्नी सीतालाई भारतमै छोडेर आज स्वदेश फर्कने लागेका उनको सचिवालयले जनाएको छ ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।