शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नायिका कंगना र कमलबीच घम्साघम्सी

दैनिक नेपाल २०७७ पुष २५ गते १०:३२

मुम्बई । बलिउड नायिका कंगना रनावत कुनै न कुनै विषयमा टिप्पणी गरेर चर्चामा आइरहन्छिन् । अहिले उनी अभिनेता कमल हसनको विरोधमा छिन् ।

घरको कामलाई पनि व्यवसाहिक दर्जा दिनुपर्ने र गृहिणी तथा घरको काम गर्ने पुरुषहरूको तलब तय गरिनुुपर्ने धारणा कमल हसन र कांग्रेस नेता शशि थरुरले राखेका थिए ।

यसबारे कंगनाको टिप्पणी छ, ‘सेक्सका आधारमा प्राइज ट्याग (मूल्य निर्धारण) नलगाउनुस् । हामीले प्रेमका साथ यो काम गर्दैछौं । आफ्नो सानो राज्य र आफ्नो घरको हामी महारानी हौं, हरेक कुरालाई व्यापारका रुपमा नहेर्नुस् । तपाईकी महिला समक्ष आत्मसमर्पण गर्नुस्, उनी तपाईंलाई चाहन्छिन् । प्रेम, सम्मान वा तलबमात्रै होइन ।’

यसअघि कमल हसनको धारणालाई समर्थन गर्दै शशी थरुरले लेखेका थिए, ‘म कमल हसनको योजनालाई समर्थन गर्छु कि घरायसी कामलाई पनि तलबी जागिर जसरी महत्व दिनुपर्छ । राज्यका तर्फबाट होममेकर्सलाई मासिक तलब दिइनुपर्छ । यसबाट समाजमा महिला गृहिणीहरुलाई सम्मान र पहिचान मिल्नेछ । उनीहरुको ताकत र स्वतन्त्रता बढ्नेछ र हामी युनिभर्सल आधारभूत आयको नियम नजिक पुुग्न सक्नेछौं ।’

कंगनाको टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक ट्वीटर प्रयोगकर्ताले सोधेका छन् ,‘काम गर्ने पूरुषहरुलाई यसबाट ज्यादा महत्व मिल्नेछ र उसै पनि गृहणीहरु आर्थिक रुपमा आफ्ना पतिमा निर्भर छन् ।’

यसबारे कंगनाको जवाफ छ, ‘त्यसो भए यसबाट पनि खराबै हुन्छ कि घरको मालिकलाई घरको जागिर बनाइन्छ । आमाहरुका तर्फबाट जिन्दगीबाट हुने त्यागमाथि प्राइस ट्याग लगाउन सकिदैंन । यो त तपाईले भगवान्लाई उनको सिर्जनाका लागि पैसा तिर्न चाहेजस्तो भयो । यो केही हदसम्म चोट पुु¥याउने र केही हदसम्म मजाकको योजना हो ।’

कमल हसनले पछिल्लो वर्ष डिसेम्बरमा भनेका थिए कि उनको पार्टी मक्कल निधी मैयामको सरकार आयो भने होममेकर्स (गृहिणी) लाई पनि घरको कामका लागि निश्चित आय दिइनेछ ।

तमिलनाडुमा यसै वर्ष विधानसभाको चुनाव हुँदैछ । डिएमके, एआईएडीएमकेसँगै कमल हसनको पार्टी पनि चुनावी प्रतिस्पर्धा मा छ । हसनको इन्ट्रीले प्रतिस्पर्धालाई केही हदसम्म त्रिकोणिय बनाउनसक्ने आँकलन गरिएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित