११ कार्तिक २०८३, बुधबार

प्रदेश नं १ मा थपिए १९ जना कोरोना सङ्क्रमित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप सङ्क्रमितहरुमा मोरङको विराटनगरमा पाँच र सुनसरीमा पाँच, झापा र इलाममा चार/चार र प्रदेश बाहिर एक रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९७ जना छन् ।

यस प्रदेशमा सोही अवधिमा ५१ जना सङ्क्रमित निको भएका छन् भने उनीहरु होम आइसोलेसन ४७ र विभिन्न कोभिड अस्पतालबाट घर फर्केका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।

यसप्रदेशमा अहिलेसम्म दुई लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । –रासस