सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरू

दैनिक नेपाल २०७७ पुष २४ गते १६:३७


काठमाडौं, २४ पुस । नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुसार प्रभु बैंकले फोन–पेसँगको सहकार्यमा काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरू गरेको छ ।

शुक्रबार उक्त बजारको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यूआर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरे । समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको बताए ।

प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा फलपूmल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारका लागि नगदै बोक्नु पर्ने झन्झट हटेकोे गभर्नर अधिकारीको भनाइ छ ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सपेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ सेवा उपभोग गरिरहेका कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यूआर कोड सेवाबाट अझै सहज रुपमा झन्झटमुक्त कारोबार गर्न सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित