३ कार्तिक २०८३, मंगलबार

कोरोना संक्रमणबाट नेपालमा १९०९ जनाको मृत्यु, २ लाख ५७ हजार भन्दा बढी संक्रमणमुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । विश्वव्यापी करोना भाइरसको संक्रमणबाट एक वर्ष भन्दा बढी अवधिमा हालसम्म नेपालमा मात्रै १ हजार ९०९ जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितमध्ये २ लाख ५७ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको विवरणअनुसार आलसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

त्यसमध्ये १ हजार ९०९ जनाको मृत्यु भएको हो भने २ लाख ५७ हजार २२९ जना निका भएर घर फर्किएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ६ जना संक्रमितको मृत्यु भएको छ भने ५८५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५५४ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ५ हजार २६९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६४ हजार १५९ जना पुगेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५७ हजार २२९ जना पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०९ जना पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ५ हजार २१ जना आइसोलेसन र ३३८ जना क्वारेन्टिनमा छन् ।