
काठमाडौं, २४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याईरहेको ट्राफिक उल्लंघन रेकर्ड प्रणाली (ट्राफिक भाइलेशन रेकर्ड सिस्टम सफ्टवेर–टीभीआरएस) सफ्टवेयर आजदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिनसरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो । यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उनले दिए ।
सिंहदरबार एरियाका कारवाहीका लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरवारबाट तथा जनसेवा एरियामा कारवाहीका लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरेपश्चात् फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ ।
यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरबारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयाँ बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए ।
उनले भने, ‘मापसे, लेनर रात्तो बत्ती (रेड लाइट) कारबाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ ।’















प्रतिक्रिया