३ कार्तिक २०८३, मंगलबार

श्री एयरलाइन्सको हवाईजहाजमार्फत धनगढी पुगे प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

सभालाई सम्बोधन गर्न श्री एयरलाईन्सको हवाईजहाजमार्फत ओली केहीबेरअघि धनगढी पुगेका हुन् ।

आज धनगढीको खुलामञ्चमा प्रदेशस्तरीय भव्य आमसभा आयोजना भइरहेको छ । उक्त सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको भेलालाई सम्बोधन गर्न ओली पहिलो पटक सुदूरपश्चिम पुगेका हुन् ।