सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिटिजन्स बैंकका ग्राहकलाई होटेल अकामामा विशेष छूट

दैनिक नेपाल २०७७ पुष २४ गते १२:४२

काठमाडौं, २४ पुस । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित होटेल अकामाबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने÷लिनेसम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाबीच उक्त भएको सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरुका साथै सञ्चालक समितिका सदस्यले होटेल अकामाका विभिन्न सेवाहरुमा विशेष छूट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको बताइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०६ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित