सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बिहीबार एकैदिन १३०० रुपैयाँले घटेको सुनको मूल्य आज कति घट्यो ?

दैनिक नेपाल २०७७ पुष २४ गते ११:५८

फाइल तस्वीर

काठमाडौं, २३ पुस । यो साताको आइतबारदेखि बुधबारसम्म २ हजार २०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य बिहीबार एकैपटक १ हजार ३०० रुपैयाँले घट्यो ।

बिहीबार ह्वात्तै घटेको सुनको मूल्यमा आज शुक्रबार पनि सामान्य कमी आएको छ । आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । सोही परिमाणको सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार तोलामा १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित