३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले धनगढीमा गरे प्रधानमन्त्री ओलीको विरोध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक विद्यार्थीहरुले आज बिहान टायर बालेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पार्टी कार्यकर्तालाई सम्बोधन गर्न आज धनगढी आउँदै छन् । तर, यहाँको मौसम खराबीका कारण उनको उडानमा ढिलाई भइरहेको बताइएको छ ।