सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

चन्द्रागिरि हिल्सद्वारा शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन

दैनिक नेपाल २०७७ पुष २४ गते १०:५५

काठमाडौं, २४ पुस । चन्द्रागिरि हिल्सले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो ।

कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ ।

कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ ९ गतेसम्म बिक्री खुला गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित