शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पानीमा मलाईकाको अनौठो हर्कत

दैनिक नेपाल २०७७ पुष २४ गते ९:१६

मुम्बई । बलिउड अभिनेत्री मलाईका अरोडा यतिबेला गोवामा छिन् । प्रेमी अर्जुन कपूरसँग छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । गोवामा उनले प्रेमीसँग मस्ती गरिरहेको उनले सार्वजनिक गर्ने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

उनले नयाँ वर्षपनि परिवार र अर्जुनको साथ सोवामै सेलिब्रेसन गरेकी थिइन् । सोही क्रमका तस्बिर सामाजिक संजालबाट भाइरल समेत भएका थिए ।

हालै पनि उनका केही नयाँ तस्बिर सामाजिक संजालमा चर्चामा छ । तस्बिरमा उनी स्विमिङ पुलमा देखिएकी छन् । एक तस्बिरमा उनले पानी भित्र कठिन मुन्द्रामा योग गरेको देख्न सकिन्छ ।

तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘आउनुहोस्, नयाँ वर्षको अवसरमा वर्कआउट र योगको रुटिङबाट एउटा नयाँ साताको शुरुवात गरौँ ।’ मलाईकाको पानीको योग मुन्द्राले जो कोहीलाई पनि हैरान बनाउनसक्छ । उनले गरेको योगसनले खुट्टालाई मजबुत बनाउने गर्दछ । साथै आफ्नो फोकस र एकाग्रतालाई पनि बढाउने गर्दछ ।

मलाईका अर्जुनसँगको सम्बन्धको कारण पनि चर्चामा रहने गर्दछिन् । दुबै एकसाथ सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गर्ने गर्दछन् । तर दुबैले विवाहका विषयमा भने केही बताएका छैनन् । मलाईकाले यस अगाडि अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । २०१७ उनको अरबाजसँग डिभोर्स भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित