३ कार्तिक २०८३, मंगलबार

४ दिनमा २२०० रुपैयाँ बढेको सुनको मूल्य आज एकै दिन घट्यो १३००, कतिमा हुँदैछ कारोबार ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । यो साताको आइतबारदेखि बुधबारसम्म २ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य आज बिहीबार एकैदिन १ हजार ३०० रुपैयाँले घटेको छ ।

हिजो बुधबार ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँले घट्दा ९५ हजार ४०० रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको महासंघको भनाइ छ ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३३० रुपैंयामा कारोबार भइरहेको बताइएको छ ।