३ कार्तिक २०८३, मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नजिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख नजिक पुगेको छ ।

पछिल्लो तीन महिनायता संक्रमण दर घटेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ हजार १६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको हो ।

भारतमा अहिले २ लाख २८ हजार ७०७ जना सक्रिय संक्रमित छन् भने ८९४४ जनाको अवस्था गम्भीर छ ।