आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एनसेलको फेरि १३ करोडको काण्ड बाहिरियो, बिजुलीको लाइन काटियो

दैनिक नेपाल २०७७ पुष २३ गते ९:२३

पोखरा, २३ पुस । बिजुलीको पैसा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले एनसेलको पोखरास्थित कार्यालयको लाइन काटेको छ ।

एनसेलको पोखरा कार्यालयको लाइन प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले काटिदिएको हो ।

एनसेलले १३ करोड ८० लाख रुपियाँ विद्युत महसुल बुझाएको छैन । महशुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणको लेखनाथ वितरण केन्द्रले जनाएको छ ।

एनसेललाई काटेको पत्रअनुसार कम्पनीले गत भदौमा एनसेललाई बक्यौताको जानरकी गराइएको थियो ।

एनसेलले यसविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । अदालतले प्राधिकरणलाई अघि बढ्ने बाटो खोलिदिएसँगै एनसेलमा दिइएको विद्युत लाइन काटिएको छ ।

प्राधिकरणले आइतबार बिहान १० बजेर ४६ मिनेट जाँदा एनसेलको कार्यालयमा दिइएको विद्युत लाइन काटेको जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पत्र एनसेलका प्रतिनिधि भुवनेश्वर महतोले बुझेका छन् । प्राधिकरणले छुट बिलका रूपमा एनसेललाई भदौमा १३ करोड ८० रुपियाँको बिलिङ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित