७ कार्तिक २०८३, शनिबार

निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ ।

शनिबार आयोजित कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले उद्घाटन गरेका हुन ।

उनले यसले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए ।

उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरी भएका बस्थीहरू समेत सुरक्षित हुने बताएका छन । बोल्दै सचिव अर्यालले यो क्षेत्रको विकास र विस्तारका लागि निजीको ठूलो सहयोग आवश्यक रहेको बताए ।

निगमका कार्याकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए ।

उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउने बताए ।

निगमको नायब कार्याकारी निर्देशक सुशील भट्टाईका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड ÷अनलोड गर्ने काम सुरु गरेको छ ।

एपिआइ मापदण्ड अनुसार पाइपलाइन जडान, भल्भहरु, पम्पहरु जडान साथै टैंक/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ्ग आम्स जडान गरिएको छ ।

निगमका अनुसार २ करोड ५० लाख लगातमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको छ । यसमा तिनवटा पम्पहरु जडान भएका छन ।

यो प्रविधि जोड गर्दा ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि सो कार्यालयबाट ८ घण्टामा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसंगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

पुरानो प्रविधिमार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९÷१० बजेसम्म कमृचारी काममा खटिनु पर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाई छ ।

यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ ।जिल्लामा गरी दैनिक दश लाख देखि ११ लाख डिजेल र तीन लाख लिटर, पेट्रोल, मट्टितेल र हवाई इन्धन बिक्री गर्दै आएको छ ।

नयाँ प्रविधि जडानसंगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पद्धार्थ लिन आउँने तथा भारतका बिभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङकरहरू लोड अनलोड गर्न घण्टौसम्म कुर्नुपर्ने मात्र होइन, कतिपय भारतबाट तेल लिएर आएका ट्याङ्खरलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यताको अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।