
काठमाडौँ, २२ पुस । सुनको मूल्य फेरि बढ्दै गएको छ । ४ दिनमा २ हजार २ रुपैयाँले सुनको मूल्य बढेको हो ।
वुधबार सुन तोलामा ९६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो । यो ४ दिनमा सुनको भाउ बढेर वुधबार ९६ हजार ७ सय पुगेको हो ।
त्यस्तै तेजावी सुन वुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।















प्रतिक्रिया