शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

धुम– ४ मा दीपिका भिलेन बन्ने

दैनिक नेपाल २०७७ पुष २२ गते ११:३७

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण धुम–४ मा खेल्ने भएकी छिन । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ ।

धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरू चर्चामा आएको थियो । अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ ।

धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ । दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ ।

धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो ।

ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित