
काठमाडौँ, २१ पुस । प्रभु बैंक लिमिटेडको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि अस्पताललाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
पुस १९ गते एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।
प्रभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन्भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने जनाएको छ ।















प्रतिक्रिया