३ कार्तिक २०८३, मंगलबार

हाम्रो पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु हो : मन्त्री अर्याल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छिन् ।

मन्त्रालय अन्तर्गत संस्थान, बोर्ड, समिति तथा परियोजनाहरूको गतिविधिका बारेमा जानकारी लिने क्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । यो वा त्यो कारण देखाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीहरूलाई निर्देशन दिइन् ।

अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिएकी छिन् । अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालय अन्तर्गतका अरु जति पनि प्रगति देखिए पनि त्यसले सही मानेमा प्रगती नठहर्ने उनको भनाइ छ ।

‘आज गयो भोली गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेकोपछि रुवाबासी शुरु हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरे पनि, जति प्रगति गरे पनि देखिदैन । त्यसकारण समयमा मल किसानलाई पुर्याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’

विगतका कार्यबाट शिक्षा लिँदै भोलीका दिनमा धोका नपाउनेगरी कार्ययोजना बनाएरु अगाडी बढ्न उहाँले निर्देशन दिएकी छिन् । ‘दीर्घकालीन रूपमा समस्याको समाधान हुनेगरी अगाडि बढौं । दीर्घकालीन समाधानको खाका के हो ?’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरू भुक्तभोगीहरूले अलिकति मेहनतपूर्वक कार्ययोजना बनाउनुस् । योजना बनाएर अहिलेदेखि नै अगाडि बढौ ।’

मलको आपूर्ती र वितरणको समस्याको समाधान दीर्घकालीन हिसाबले सोच्नुपर्ने उनको भनाइ छ । सात वटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने बताइन् ।

‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन । हामीले संरचना खोजेको होइन मल खोजेको हो । त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, बिवादित नहुने गरी ल्याउनुपर्यो’, मन्त्री अर्यालले भनिन् ।