शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाको कार्यसमिति पुनर्गठन

दैनिक नेपाल २०७७ पुष २१ गते १७:०४

काठमाडौं, २१ पुस । प्रवासी नेपाली एकता मञ्च अष्ट्रियाको कार्यसमिति पुनर्गठन गरिएको छ ।

हिजो सोमबार गणेश प्रसाईंको अध्यक्षता तथा पूर्व प्रवास नेपाली मञ्च युरोपका प्रमुख पुष्पराज तिमिल्सिनाको आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले गणेश प्रसाईंलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।

त्यस्तै कार्यसमितिको सचिवमा कृष्ण भट्टराईलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा हमनाथ हमाल, बाला विक, झबिन्द्र अर्याल, दधीराम नेपाल, अनिता भुजेल, सूर्य लामिछाने, दिनेश बैदवार, नुनिता सापकोटा र सावित्री कार्की चयन भएका छन् ।

त्यसैगरी शिव खड्का, कृष्णकुमार श्रेष्ठ र कृष्ण दत्त भट्टलाई पनि सदस्यमा चयन गरिएको छ । सर्वसम्मत चयन भएका सबैलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भर्चुअल माध्यमबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित