बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रवासी नेपाली एकता मञ्च स्विडेनको अध्यक्षमा चिरञ्जीवी खरेल चयन

दैनिक नेपाल २०७७ पुष २१ गते १६:५२

काठमाडौं, २१ पुस । प्रवासी नेपाली एकता मञ्च स्विडेनको अध्यक्षमा चिरञ्जीवी खरेल चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न मञ्चको बैठकले खरेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

प्रवासी नेपाली मञ्च युरोपका पूर्वप्रमुख पुष्प तिमल्सिनाको विशेष आतिथ्यतामा सञ्चालन भएको बैठकले मञ्चको सचिवमा कृष्ण केसीलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा देव भट्टराई, गंगा घिमिरे, खिम न्यौपाने, शिव भुसाल, विष्णु पौडेल, गंगा पौडेल, कृष्ण पण्डित, लक्ष्मण शेरचन र प्रवीण अर्याललाई चयन भएका छन् ।

नवगठित समितिलाई प्रमुख अतिथि भट्टराई तथा विशेष अतिथि तिमिल्सिनाले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित