३ कार्तिक २०८३, मंगलबार

नेकपामा दुई दिनभित्र एकता अभियान घोषणा गर्दै उपाध्यक्ष वामदेव गौतम

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् ।

उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बताइएको छ । गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुने छ ।

अभियानमा १५०१ सदस्यीय कमिटी हुने छ । यसको संयोजक वामदेव गौतम स्वयं हुने छन् । नेकपा विभाजन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले अन्तिम समयसम्म एकताका लागि संघर्ष गर्ने बताउँदै आएका छन् ।

एकताका लागि दबाब दिन अभियान चलाउन लागेका हुन् । अभियानमा नेकपाको ओली र प्रचण्ड कुनै पनि समूहमा आवद्ध नभएकाहरु हुने छन् ।