३ कार्तिक २०८३, मंगलबार

यी हुन् कीर्ते गरी अर्काको १५ करोडको घरजग्गा झ्वाम पारिदिने यादव खकुरेल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । यादव खकुरेल ब्राइन इन्टरनेशनल प्रालिका प्रोपाइटर बनेर चीनबाट सामान आयात गर्छन् ।

तर, यीनले योजनावद्ध तरिकाले एक जनाको घरजग्गा नै स्वाहा बनाइदिएका छन् ।

यसरी भयो ठगी

धादिङ घर भएका खकुरेलले श्रीमतीतर्फका नातेदार हरिप्रसाद सिलवालका नाममा कम्पनी खोले । उक्त कम्पनीमा आफै काम गर्नु पैसा निकालिदिन्छु भनेपछि पीडित राजकुमार बुढाथोकी तयार भए ।

उनले पनि कम्पनी खोलिएको छ धीतोवापत रकम निकालेपछि केही कारोबार गर्छु भन्ने ठानेर चिनेबुझेका खकुरेलको भनाइमा विश्वास गरे । दुई करोड रूपैयाँ निकाल्ने र कारोबार गर्ने सहमति भएको बुढाथोकीले बताए ।

ग्लोबल आईएमई बैंकको न्यूरोड शाखाबाट ऋण पास गर्दा खकुरेलले शक्ति लगाएर ४ करोड २५ लाख रूपैयाँ पास गरे । खकुरेलले आफूलाई भनेको सुनाउँदै भने, ‘अझ बढी रकम पास गरिदिएको छु काम राम्ररी गर्नु भने ।’ तर, रकम खकुरेलले नातेदार हरिप्रसाद सिलवाललाई लिएर धमाधम निकाल्न थाले । २०६८ सालमा ४ करोड २५ लाख रूपैयाँ निकालेपछि खकुरेल बुढाथोकीबाट टाढिन थाले ।

पैसा निकालेपछि खकुरेलले विभिन्न बहानामा टार्दै अलमलाउन थाले । ब्याज नतिरेपछि बैंकले धीतोवापतको घरजग्गा लिलामीमा निकाल्यो । २०७५ सालमा बुढाथोकीको घरजग्गा नै लिलाम भयो । उनी घर न घाट गराउन खोजेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुढाथोकीले भने, ‘मलाई योजनावद्ध तरिकाले फसाएर यादवप्रसाद खकुरेल सम्पर्कविहीन छन् ।’

खकुरेलले धेरैलाई पीडित बनाएर काठमाडौंमा ठूलो सम्पत्ति जोहो गरेको सुनाए । एकपछि अर्को गर्दै कीर्ते गरी सम्पत्ति जोहो गरेका खकुरेलमाथि कारबाहीको समेत माग गरेका छन् ।

विगतमा बैंकबाट रकम निकालेको दिने सहमतिको कागज गरे पनि अझै अस्वीकार गरेको बताए । उनले कीर्ते गर्ने खकुरेल जस्ताहरूले धेरैलाई घरबारविहीन बनाएको समेत सुनाए ।

बुढाथोकीले आफूमाथि अन्याय भएको र कीर्तेको पासोमा परेकाले न्यायका लागि अपिल गरे । उनले भने, ‘मलाई अन्याय भएको छ न्यायका लागि तपाईंहरू सामु आएको छु ।’ खकुरेल जस्तो कीर्ते गर्नेहरूबाट होशियार हुन आग्रह गरे ।