शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बले र अनु अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक (भिडियो)

दैनिक नेपाल २०७७ पुष २१ गते १५:४७

काठमाडौं । ‘तीनपाते’ शीर्षकको म्यूजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल (हास्य कलाकार बले) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शीर्षकको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर, शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ । यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।

नवविवाहित दम्पतीको कथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा श्रीमानले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो–

प्रतिक्रिया
सम्बन्धित