
सोलुखुम्बु, २१ पुस । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ ।
यहाँको खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको हो । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका स्थानीयले बताएका छन् ।
सोलुखुम्बुकै थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा भने गए रातिदेखि नै हिमपात भइरहेको छ ।
हिमपात भएसँगै स्थानीयबासी भने खुशी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीयको भनाइ छ ।
अघिल्लो वर्ष मङ्सिरको दोस्रो हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्रो हप्तामा मात्रै हिउँ परेको हो ।















प्रतिक्रिया