३ कार्तिक २०८३, मंगलबार

मोटरसाइकल चोरी गरेको अभियोगमा विपिन बस्नेत पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २१ पुस । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित पार्किङ गरी राखेको भे. १० प ४७८९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा जाजरकोट त्रिवेणी नगरपालिका–८ घर भएका २० वर्षीय विपिन बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–११ बस्ने जान मोहम्मद जरगरको उक्त मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त चोरी भएको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।