३ कार्तिक २०८३, मंगलबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सुवाश राई पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २१ पुस । इलाममा एक पुरुषले कुखुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका–८ आमबोटेका ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।