३ कार्तिक २०८३, मंगलबार

काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च, मास्कविना घरबाहिर ननिस्कन विज्ञको आग्रह

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा उच्च देखिएको छ ।

सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।

मौसमविद् डा. ऋषिराम शर्माले पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो–अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको तथ्यांकले पनि उपत्यकाको वायु अत्यधिक प्रदुषित भएको पुष्टि गरेको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्यूआई १७३ थियो ।

२४ घण्टामै वायुको गुणस्तरमा २०० प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ । हिजो दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेको थिएन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको अनुभव समेत गरेका थिए ।

खासगरी साँझपख घरबाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए । चिकित्सकहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण समस्या भएको हो ।

वायु प्रदुषणको मात्रा अत्यधिक बढेकाले स्वास्थ्य सावधानी अपनाएर मात्र बाहिर निस्कन विज्ञ तथा चिकित्सकले आग्रह गरेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दिक्षितले वायु प्रदुषण बढेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।